PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

'राज्यलाई पाठ सिकाए'का धुर्मुस र सुन्तली पुनःनिर्माणको सद्‍भावना दूत



पहिलोपोस्ट

'राज्यलाई पाठ सिकाए'का धुर्मुस र सुन्तली पुनःनिर्माणको सद्‍भावना दूत

काठमाडौँ: सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई पुनःनिर्माणका लागि सद्भावना दूत बनाउने मङ्गलबार घोषणा भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित हास्यकलाकार जोडी धुर्मुस सुन्तलीलाई दुत बनाउने भएको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण एवम् विकाससम्बन्धी कार्यका लागि सद्भावनादूत बनाउने निर्णय गरेको हो। भूकम्पपछिको पुनःनिर्माणमा कलाकारद्वयले गरेको प्रयास सराहनीय र अनुकरणीय रहेको भन्दै प्राधिकरणले सो निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

धुर्मुस सुन्तलीले भूकम्पपछि सिन्धुपाल्चोक गिरानचौरमा र काभ्रेपलाञ्चोकमा पहरी बस्ती स्थापना गरे। हाल महोत्तरीमा पनि सामूहिक बस्ती निर्माण गरिरहेका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको निर्णयबारे भने,'आफूले गर्दै आएको काममा साथ थपिएको महसुस भएको छ। अब साथ मात्र होइन जिम्मेवारी पनि थपिएको छ।' 

गत १२ कात्तिकमा धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकको गिरानचौरमा निर्माण गरेको वस्ती हस्तान्तरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस र सुन्तलीले पाठ सिकाएको बताएकी थिइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell