PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

१८ लाख ऋण खोजेर स्थानीयले बनाए सडक



पहिलोपोस्ट

लमजुङ (बेँसीसहर) : गाउँ पुग्ने सडक नभएपछि नाल्माका स्थानीयले ऋण गरेर भए पनि आफैं सडक निर्माण गरेका छन्।

जिल्लाको सदरमुकाम बेँसीसहर–१६ नाल्मा बाख्रेजगतका स्थानीयले १८ लाखको लागतमा बाख्रेजगतदेखि स्यारेसम्मको करिब एक दशमलव पाँच किलोमिटर सडक निर्माण गरेको सडक निर्माण समितिका अध्यक्ष सरिता गुरुङले बताइन्।

'गाउँमा सडक नआउँदा हेपिएको महसुस भयो' अध्यक्ष गुरुङले भने– 'हामी आफैले रकम सङ्कलन गरेर गाउँसम्म मोटर आउन सक्ने बाटो बनायौँ।'

सडक ट्र्याक खोल्नका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत जिल्ला विकास समितिबाट तीन लाख सहयोग पाएको उल्लेख गर्दै उनले भने– तीबाहेक १५ लाख ऋण खोजेर सडक बनाएको छ।
 
'बाटो बनाउँदा १५ लाख नगद ऋण लागेको छ, हाम्रो जनश्रमदानको त कुनै हिसाब किताब नै छैन' अध्यक्ष गुरुङले भने– सडक निर्माणमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। रासस
 
प्रभावकारी काम हुने विश्वास नलागेर एकैचोटी धेरै रकम विनियोजन गर्न नसकिएको बताउँदै सांसद चन्द्रबहादुर कुँवरले भने– 'स्थानीयको काम प्रशंसनीय भएकाले आगामी वर्षमा आवश्यक रकम विनियोजन गर्न पहल गर्नेछु।'
 
सडक निर्माणको क्रममा ऋण लागेकाले रकम थप गर्न स्थानीयले जिविससँग माग गरेका छन्। स्थानीयले अझै सडक ट्र्याक पूरा नभएको तर ऋण धेरै भएकाले काम अघि बढाउन नसकिएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell