PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

सेकेण्ड वान डे : रोस टेलरको शतक मद्दतमा न्युजिल्याण्डको जित, सिरिजमा १-१ को बराबरी



पहिलोपोस्ट

सेकेण्ड वान डे : रोस टेलरको शतक मद्दतमा न्युजिल्याण्डको जित, सिरिजमा १-१ को बराबरी

रोस टेलरको शतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनमा न्युजिल्याण्डले सेकेण्ड वान डेमा दक्षिण अफ्रिकालाई बुधबार ६ रनले पराजित गरेको छ।

२९० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकालाई २८३ रनमा रोक्दै साँघुरो अन्तरको जितसँगै न्युजिल्याण्डले ५ म्याचको सिरिजमा १-१ को बराबरी गरेको छ।

क्राइसचर्चस्थित हाग्ले ओभलमा भ्रमणकारी टोलीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २८९ रन बनायो। न्युजिल्याण्डको लागि टेलरले नटआउट १०२ रन बनाए। ११० बल खेलेका टेलरले ८ चौका प्रहार गरे।

पाँचौ विकेटका लागि टेलरले जिम्मी निसामसँगे नटआउट १२३ रनको साझेदारी गरे। ५७ बल खेलेका निसाम ७१ रनमा नटआउट रहे।

टेलरले तेस्रो विकेटका लागि कप्तान काने विलियम्सनसँग पनि शतकिय साझेदारी गरे। विलियम्सले ६९ रन जोडे। यस्तै ओपनर डिन ब्रोनिलले ३४ रन बनाए भने टम लाथम निल ब्रुम समान २ रन मा आउट भए।

दक्षिण अफ्रिकाका ड्वाने प्रेटोरिएसले २ विकेट लिए।

जवाफमा २९० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८३ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि क्वान्टेन डे ककले सर्वाधिक ५७ तथा ड्वाने प्रेटोरिएसले ५० रन बनाएपनि जित हात पार्न पर्याप्त भएन।

कप्तान ए बलि डे भिलिएर्सले ४५ तथा जेपी डुमिनीले ३४ रन जोडे। दशौं नम्वरमा ब्याटिङ गरेका एन्डिल पेहलुकवायोले नटआउट २९ रन जोडेपनि जित दिलाउन सकेनन।

बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए भने मिचेल सान्तनरले २ विकेट लिए।

थर्ड वान डे आगामी शनिबार वेलिङटनमा हुनेछ। फस्ट वान डे मा दक्षिण अफ्रिका ४ विकेटले विजयी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell