PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​बदलियो एमाले: संशोधन प्रस्तावमा छलफल हुन दिने, पारित हुन नदिने



पहिलोपोस्ट

​बदलियो एमाले: संशोधन प्रस्तावमा छलफल हुन दिने, पारित हुन नदिने

काठमाडौँ : नेकपा एमालेले संविधान संशोधन प्रस्तावमा सदनमा सैद्धान्तिक छलफल हुन दिने भएको छ। एमाले संसदीय दलको बैठकले निर्वाचनको वातावरण नबिग्रने गरी संसद्‍को बैठकमा प्रस्तुत हुने निर्णय गरेको हो।

गत मंसिर १४ गते संसद्‍मा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध एमालेले सडक आन्दोलन गरेको थियो। त्यस्तै प्रस्तावलाई राष्ट्रघाती भन्दै संसद्‍को विषय बन्न नसक्ने तर्क गर्दै आएको थियो। तर एमालेको होहल्लाबीच गत पुस २४ संसद्‍मा प्रस्ताव टेबल भएको थियो।
एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई बैठकमा आवेग र उत्तेजनापूर्ण ढंगले प्रस्तुत नहुन निर्देशन दिएका हुन्।

बैठकको निर्देशनबारे एमाले सांसद रेवतीरमण भण्डारीका अनुसार – 'संविधान संशोधन पारित गर्न नदिने वातावरण बनाउने निर्णय गरेको छ।'

बैठकमा ओलीले राष्ट्रहितमा नभएकाले प्रस्ताव पारित गर्न नदिने निर्णय बताएका थिए। 'उत्तेजना र आवेगपूर्ण रुपमा दल प्रस्तुत हुदैँन। निर्वाचनको वातावरण नबिथोलिने गरी र निर्वाचन गर्न आवश्यक कानुनहरु पारित गर्न सहज हुने किसिमले एकदम होसियारीपूर्वक बैठकमा प्रस्तुत हुन्छौँ', अध्यक्षलाई उदृत गर्दै भण्डारीले भने। 

एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनसँग हाल संविधान संशोधन पारित गर्न रोक्ने संख्या छ। ५ सय ९४ जना रहेको संसद्‍नमा संशोधन पास गर्न सत्तारुढ दलहरुलाई ३ सय ९६ मत आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell