PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

नेपाली 'हिरो'लाई थाइल्यान्डको 'किक'



पहिलोपोस्ट

नेपाली 'हिरो'लाई थाइल्यान्डको 'किक'

काठमाडौं: फिल्म 'प्रेमगीत २’को कलाकारका लागि फिल्म युनिटले व्यायाम कार्यशाला सुरु गरेको छ। फिल्मको क्लाइमेक्स छायांकनका लागि आवश्यक भएकाले मुख्य कलाकारले थाइल्यान्डको किक बक्सिङ कला सिक्न लागेका हुन्।
 
बुधबारबाट दशरथ रंगशालाको कभर्ड हलमा प्रशिक्षण सुरु भएको बताइएको छ। दुई महिनासम्म हुने कार्यशालामा अभिनेता प्रदीप खड्का र सन्तोष सेन सहभागि छन्। उनीहरुलाई द्धन्द्ध निर्देशक अष्ट महर्जनले प्रशिक्षण दिने जानकारी रहेको छ।


 
निर्देशक महर्जनले भने, ‘नेपाली फिल्ममा नयाँ मार्सल आर्ट्स समावेश गर्न मुयाथाई रोजेका हौं।’

थाइल्यान्डको मार्सल आर्ट्स मुयाथाईमा कुहिनो र घुँडाको प्रयोग बढी हुन्छ।


 
महर्जनले दिएको जानकारीका अनुसार फिल्ममा जालीभित्र लडिने बेटिङ फाइट समावेश हुनेछ। 'यो कठिन पनि छ', महर्जनले भने।
 
थाइल्यान्ड र म्यानमार छायांकनपछि ‘प्रेमगीत २’ क्लाइमेक्स सिनको लागि नेपाल फर्किएको हो।
 


दुई महिना सुटिङ पोस्टपोन्ड भएपनि बाँकी खिच्नुपर्ने अवधि भने एकसाता मात्र छ। नेपाल, म्यानमार र म्यानमारको अन्तरदेशिय प्रेमकथा समावेश गरिएको सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell