PahiloPost

Mar 23, 2026 | ९ चैत्र २०८२

ओलीले संसद्‍मा चक्लेट बाडेर मनाए ६६ औं जन्मदिन



पहिलोपोस्ट

ओलीले संसद्‍मा चक्लेट बाडेर मनाए ६६ औं जन्मदिन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन। उनी आजबाट ६६ वर्ष पुगे। उनले आफ्नो जन्मदिनको अवसरमा संसद्‍मा आफ्नो सचिवालयमार्फत सबै सांसदहरुलाई चक्लेट बाँडन लगाए।
 
बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरु आज बसेको एमाले संसदीय दलको बैठकको निर्णय पर्खिरहेका थिए। बैठक सकिएर जब ओली बाहिर निस्किए सञ्चारकर्मीहरुले ओलीलाई प्रश्न गरे ‘आज के भयो?’
 
भाषण र बोलीमा ठट्टा गर्नमा खप्पिस मानिएका ओलीले जवाफ दिए ‘आज म ६६ वर्ष पुगेँ।’

 
त्यति भनेपछि ओली हात हल्लाउँदै सञ्चारकर्मीहरुसँग पञ्छिए।
 
यसभन्दा अघिल्लो पटक ओली प्रधानमन्त्री भएर भारत भ्रमणमा गएका बेला उनले दिल्लीको ताज होटलमा करिब ६ लाख मूल्यको केक काटेर जन्मदिन मनाएको खबर उनी भ्रमण सकाएर नेपाल आइसकेपछि सार्वजनिक भएको थियो।
 
यस पटक भने ओलीको जन्मदिनको चहलपहल खासै देखिएको छैन।

फोटो : इलिट जोशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell