PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मोर्चा कार्यकर्ताले एमाले उपाध्यक्ष बामदेव बसेको घर घेरे,बाहिर निकाल्ने प्रहरी प्रयास असफल



सविन ढकाल

मोर्चा कार्यकर्ताले एमाले उपाध्यक्ष बामदेव बसेको घर घेरे,बाहिर निकाल्ने प्रहरी प्रयास असफल

काठमाडौँ : मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम बसेको घर घेराउ गरेका छन्। मंगलबार राजनीतिक कार्यक्रमका लागि जनकपुर पुगेका गौतम जनकपुरको ब्रहमपुरीमा रहेको एमाले नेता रघुवीर महासेठको घरमा थिए।

गौतम महासेठको घरमा रहेको चाल पाएपछि सरकारले स्थानीय निकायको निर्वाचन मिति घोषणाको विरोधमा मधेस आन्दोलन गरिरहेका मोर्चाका कार्यकर्ता घर बाहिर भेला भएका थिए।

घेराउपछि उनी घरबाट बाहिर निस्कन सकेनन्। राजधानी फर्कन उनलाई प्रहरीले स्कटिङ् गरेर विमानस्‍थलसम्म पूर्‍याउने प्रयास गरेका थिए।
मोर्चाका कार्यकर्ता विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भयो । मोर्चाका २ जना कार्यकर्ता घाइते भए। विमानस्थल पुग्न नसक्ने देखेपछि गौतम पुन महासेठको घरभित्र फर्किए।

गौतमले राजधानी आउनको लागि काटेको हवाई टिकटसमेत रद्द भएको छ। मोर्चा कार्यकर्ताले अहिले पनि महासेठको घर घेराउन गरिरहेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले पहिलोपोस्टलाई जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell