PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

२० डिआइजीको सरुवा: आइजीपीका २ प्रतिष्पर्धी सरुवा भए, २ जना साविक कार्यालयमै



पहिलोपोस्ट

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीको २० डिआईजीको सरुवा गरेको छ । सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गरे लगत्तै गृहले डिआइजीको सरुवा निकालेको हो।

बुधबार सार्वजनिक भएको सरुवा सूचीमा आइजीपीको प्रतिष्पर्धामा रहेका प्रकाश अर्याल र बमबहादुर भण्डारीको सरुवा भए पनि आइजी नियुक्त्ती प्रकृयालाई लिएर सर्वोच्च पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख नवराज सिलवाल र सरकारले आइजीमा नियुक्त गरेका लागु औषध नियन्त्रण ब्युरोमा रहेका जयबहादुर चन्द भने साविककै कार्यालमा छन्।

अर्याल अपराध अनुसन्धान विभागमा सरुवा भएका छन् भने भण्डारी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका छन्। यी दुबै कार्यालयको प्रमुख एआइजी हुने भए पनि अहिले प्रहरीमा जनपद तर्फका एआइजीका सबै पद रिक्त छ। यी दुबैले ती कार्यालयका निमित्त प्रमुखका रुपमा काम गर्नेछन्।

सूची अनुसार क्षेत्रीय प्रहरी कार्यालय पूर्वाञ्चलमा रमेश भट्टराई, क्षत्रीय प्रहरी कार्यालय मध्यमाञ्चलमा गणेश केसी, पश्चिमाञ्चालमा मधु पुडासैनी, मध्यपश्चिममा विजयलाल कायस्थ, र सुदूरपश्चिममा रोमिन्द्रसिंह देउजाको सरुवा भएको छ।

संगठित र अन्तदेशिय अपराध हेर्ने प्रहरीको विशेष ब्यूरोमा हेमन्तबहादुर पाल पुगेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कमल सिंह बम, ट्राफिक महाशाखामा मिङमार लामा, प्रहरी एकेडेमीमा देवेन्द्र सुवेदी आएका छन्।

सरुवा सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell