
काठमाडौं: फिल्म 'म यस्तो गीत गाउँछु' युनिट बिहिबारबाट सुटिङका लागि फ्लोरमा उत्रदै छ । पल शाह र पूजा शर्मा स्टारर फिल्म घोषणा भएको ५ महिनापछि छायांकन सुरु हुने भएको हो।
निर्माता तथा निर्देशक सुदर्शन थापाले दिएको जानकारी अनुसार फिल्म काठमाडौं, पोखरा, धम्पुस र मुस्ताङमा खिचिने छ। भने,'४५ दिनमा सुटिङ प्याक अप गरेर पोस्ट प्रोडक्शनको काम सुरु गर्नेछौं।'
सुदर्शन थापाको कथा तथा निर्देशन रहने फिल्ममा पूजा शर्मा, पल शाहको साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी, नविन मानन्धर, करुन लामा, मोहन निरौला लगायतका कलाकारले अभिनय रहनेछ। तिहारपछि फिल्मको सुटिङ सुरु हुने भनिए पनि फिल्मका लागि गीतहरुको काम पहिले सक्काइयो। त्यसपछि माघ २१को फ्लोर टारगेट लिएपनि बिहिबारबाट मात्र युनिट छायाँकनमा निस्कदै छ।
फिल्मका लागि अर्जुन पोखरेलले संगीत दिएका छन्। त्यस्तै दिनेश न्यौपानेले पटकथा तयार गरेका हुन्।