PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​मधेसी मोर्चाको बन्दमा नयाँ शक्तिको साथ, मधेस दिनभर अशान्त



राधेश्याम पटेल

​मधेसी मोर्चाको बन्दमा नयाँ शक्तिको साथ, मधेस दिनभर अशान्त

वीरगञ्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अह्वानमा भएको मधेस बन्दले बारा ,रौतहट लगायत तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाका सदरमुकाम ,मुख्य राजमार्ग एवं ग्रामिण भेगको चोकमा विहान ७ बजे देखि नै टायर बालेर प्रदर्शन गरिएको छ ।
 
बन्दलाई सफल बनाउन मोर्चा कार्यकता टायर बालेर प्रदर्शन गरिरहेका छन्। काग्रेस ,एमाले,माओवादी विरुद्ध चर्को नारावाजी गरेका थिए। बन्दले वीरगन्ज आसपासको जनजीवन कष्टकर बनेको छ।

बारा ,गढिमाई नगरपालिकाका दिपेन्द्र यादव दिउ“सो १२ बजे जीतपुरबाट पैदल वीरगन्ज आउ“दै गर्दा बाटोमा भेटिए । घरपरिवारसहित विहेमा सरिक हुन उनी वीरगन्ज आउदै थिए । वीरगन्जबाट बाहिर वा भारत रक्सौल जान चाहने यात्रुहरु वीरगन्जमा अलपत्र परेका छन् ।
 
वीरगन्ज पथलैया सडकखण्डमा साइकल ,मोटरसाइकल , ईरिक्सा ,टागा ,रिक्सालगायतको सवारीसाधन न्यून मात्रामा चलेका छन् । मोर्चाले यातायात ,शैक्षिक संघसंस्था ,उद्योग कलकरखाना ,वीरगन्जको व्यापार तथा पसल पूर्ण रुपले बन्द गराएको छ । विहानै देखि मोर्चाका नेताहरुले हातमा लाठी लिएर पसल बन्द गराएका थिए ।
 
मोर्चाले अत्यावश्यक गाडीहरुमा रोक लगाएको छैन् ।एम्बुलेन्स ,सञ्चारकर्मीको गाडी ,दमकल,दुध बोकेको गाडी ,औषधी बोकेको गाडीमा अवरोध नगरेको मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए।
 
वीरगन्ज आसपाससंगै पर्साको ग्रामिण भेगमा पनि मोर्चाका नेताहरुले स्कूल बन्द गराउन लगाएको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जयमंगलापुरका प्रधानाध्यापक बलिस्टर सिंहले बताए । पर्सामा मोर्चाले गरेको बन्दमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी नया“ शक्ति नेपालले समर्थन जनाएको छ ।
 
पर्सा संयोजक बलिराम साहले विज्ञप्ती जारी गर्दै संविधान सशोधन नगरी घोषण गरिएको चुनावको मिति जायज नभएको र मधेसी जनतासंग धोका भएको उल्लेख गरिएको छ । सत्ता तथा एमाले गम्भीर भई मधेसी मोर्चाको सहमतिमा परिमार्जनसहितको संविधान सशोधन पारित गराई देशमा निकास दिन उनले आग्रह गरेका छन् ।

यसैगरी ,बाराको कलैया ,नौतन ,गण्डक ,परवानीपुर,जीतपुरलगायतको क्षेत्रमा पनि विहानै देखि प्रदर्शन एवम पसल व्यवसाय ठप्प पारिएको बाराका मोर्चाका नेताहरुले बताएका छन् । यस्तै ,रौतहट ,सर्लाही ,महोत्तरी ,धनुषा ,सिरहा ,सप्तरीलगायतको जिल्ला पनि मधेस बन्दले जनजीवन प्रभावित भयो।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell