PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

फिल्म 'ट्युबलाईट'मा सलमान प्रेमिकाको स्वरमा गीत



पहिलोपोस्ट

फिल्म 'ट्युबलाईट'मा सलमान प्रेमिकाको स्वरमा गीत

बलिउड स्टार सलमान खानकी प्रेमिका भनिएकी लुलिया वन्तुरले सल मानको फिल्मका लागि फेरी गीत गाउने भएकी छिन्। फिल्म 'ट्युबलाईट'मा उनले रोमान्टिका जानराको गीत गाउने बलिउड हंगामाले जनाएको छ।

उनले यसअघि सुल्तान फिल्मका लागि 'बेबीको बेस पसन्द है' को पुन: उत्पादित संस्करण गाएकी थिइन्। उनको स्वर संगीतसँग मिलेकै कारण उनले गीत गाउने भएको संगीतकारले जनाएका छन्।

गीतको ट्युन भने फाइनल नभएका कारण उनको स्वरमा गीत रेकर्ड हुन पाएको छैन।

लुलियाले हिमेश रेसमियाको एल्बमका लागि पनि नाइट एण्ड डे बोलको गीतमा आवाज दिएकी छिन्। जसलाई स्रोताले रुचाए।

कबिर खानको निर्देशनमा बन्ने फिल्ममा सलमानको अपोजिटमा भने चाइनिज अभिनेत्री झुझु देखिदैछिन्। फिल्ममा शाहरुख खानको पनि विशेष भूमिका रहनेछ। शाहरुख बारे बोल्दै निर्देशकले भनेका छन्,'फिल्ममा उनी जादुगरको रुपमा देखिन सक्छन्।'   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell