काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरीका १४ डिआइजीको सरुवा निकालेको छ। बुधबारनै प्रहरीको २० डिआइजीको सरुवा निकालेको गृहले बेलुका सशस्त्रको समेत सरुवा निकालेको हो।
सिंहबहादुर श्रेष्ठ सशस्त्र प्रमुख भएपछिको यो पहिलो सरुवा हो। उनको कार्यकालको पहिलो सरुवानै विवादमा तानियो। प्रहरी सरुवामा ठुलो गुनासो नदेखिए पनि सशस्त्र सरुवामा राजनीतिक सम्बन्धको आधारमा काखापाखा गर्दै कसैलाई दोहोर्याएर कमाण्ड दिएको कसैलाई थन्क्याउने काम भएको भन्दै आलोचना भएको छ।
सरुवा सूची अनुसार नरेनद्रकुमार सिंहले मध्यमाञ्चल पाएका छन्। उनी कांग्रेस नेता अमरेश कुमार सिंह निकटको रुपमा परिचित छन्। सिंहले बाहिनीबाट पुन बाहिनीनै पाउन सफल भए।
एसएसपीहुँदा एक वर्षदेखी मध्यपश्चिम बाहिनी चलाएका बशन्तकुमार बाँनियाले डिआइजीको रुपमा समेत त्यही बाहिनिको कमाण्ड पाएका छन्। खड्गबहादुर राईले सुदुर पश्चिमको कमाण्ड पाएका छन्। जानकारीराज भट्टराईले पूर्व क्षेत्र पाए। पश्चिममा सुबोधकुमार अधिकारी प्रमुख भएका छन्।
अधिकारी यस अगाडि मध्यपश्चिम बसेका थिए। दोहोरो कमान्ड पाउने उनी भाग्यमानी अधिकृत देखिए। सुरक्षा परिषद्दमा थन्किएका रवि थापा क्षेत्रीले बाहिनीपती भएर कमाण्ड पाएनन्। उनी आगामी पुसमा अवकास पाउँदैछन्। यसैगरी डिआइजी दिवाकर केसि सचिवालयमा आएका छन्।
निराक्रमविक्रम शाह महानगरीय कार्यालय, खडानन्द चौधरी मद्दती सेवा निर्देशनालय, सुरज श्रेष्ठ कार्य विभाग र अरविन्द्र धिताल कार्यमा । अरविन्द्र भ्रष्टाचारको अभियोगमा निलम्बनमा छन्।