
काठमाडौं : अम्याचर गल्फर तेन्जिङ छिरिङले सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको तेस्रो दिन पनि एकल अग्रता कायमै राखेका छन्।
सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत गोकर्ण गल्फ क्लबमा सोमबारदेखि सुरु वर्षको चौथो प्रतियोगिताको तेस्रो दिन छिरिङले दोस्रो स्थानमा रहेका रवी खड्कामाथि ८ स्ट्रोकको अग्रता बनाएका छन्।
तेस्रो दिन २ अण्डर ७० स्कोर गरेका नेशनल टीमको सदस्यसमेत रहेका छिरिङले कूल १० अण्डर २०६ स्कोर गरेका छन्।
२ अण्डर २१४ स्कोरका साथ रवी दोस्रो स्थानमा छन् भने १ अण्डर २१५ स्कोर रहेका सन्जय लामा र नेपालको नम्वर वान गल्फर शिवराम श्रेष्ठ संयुक्त रुपमा तेस्रो स्थानमा छन्।
२२ प्रोफेसनल र ६ अम्याचरले 'कट' बनाउँदै सेकेण्ड राउण्डमा प्रवेश गरेका थिए। फाइनल राउण्डको प्रतिस्पर्धा विहीबार हुनेछ।
प्रतियोगितामा ३३ प्रोफेसनल र १५ अम्याचर गल्फरले सहभागिता जनाएका छन्। कुल ६ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख १० हजार हात पार्नेछन्।