PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

ला लिगा : रियल मड्रिड भ्यालेन्सियासँग हारेपछि बार्सिलोनालाई फाइदा



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिड भ्यालेन्सियासँग हारेपछि बार्सिलोनालाई फाइदा

शीर्ष स्थानको रियल मड्रिडले भ्यालेन्सियालाई पराजित गरेको भए दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रता बनाउने थियो। 

तर खेल रियलको पक्षमा रहेन। क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब करियरको ७ सयौं खेल खेल्दै १ गोल पनि गरे। जित हात पार्न त्यो पर्याप्त भएन।

रियललाई भ्यालेन्सियाले घरेलु मैदानमा २-१ ले हरायो। यसको फाइदा दोस्रो स्थानको बार्सिलोनालाई पुग्यो।

भ्यालेन्सियाले घरेलु मैदान मेस्टालामा यस्तो खेल्यो की सुरुवाती १० मिनेट भित्रमै ५ मिनेटको अन्तरमा दुई गोल ठोक्यो।

५ औं मिनेटमा सिमोन जाजाले गोल गर्दै अग्रता दिलाए भने नवौं मिनेटमा फाबियन ओरेलानाले भ्यालेन्सियाको अग्रता दोब्बर पारे।

पहिलो हाफको अन्त्यतिर रोनाल्डोले गोल गर्दै रियललाई खेलमा फर्कने संकेत दिलाएका थिए। तर दोस्रो हाफमा गोल फर्काउन नसक्दा हार बेहोर्न बाध्य भयो।

यस सिजन ला लिगामा रियलको यो दोस्रो हार हो। हारपछि पनि रियल दोस्रो स्थानको बार्सिलोनाभन्दा १ अंकले अगाडी छ र एक खेल खेल्न बाँकी छ। २२ खेलबाट रियलको ५२ अंक छ भने बार्सिलोनाको २३ खेलबाट ५१ अंक छ।

रियललाई हराएपछि महत्वपूर्ण ३ अंक जोडेको भ्यालेन्सिया २३ खेलबाट २६ अंक जोड्दै १४ औं स्थानमा उक्लेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell