PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

युसिएल : युभेन्ट्सको जितमा वैकल्पिक खेलाडीको दुई गोल, सेभियाले लेस्टरलाई हरायो



पहिलोपोस्ट

युसिएल : युभेन्ट्सको जितमा वैकल्पिक खेलाडीको दुई गोल, सेभियाले लेस्टरलाई हरायो

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा इटालियन च्याम्पियन युभेन्ट्सले जित हात पार्दा इंगलिस च्याम्पियन लेस्टर सिटी पराजित भएको छ।

वैकल्पिक खेलाडीले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि युभेन्ट्सले १० खेलाडीमा झरेको पोर्टोलाई २-० ले हरायो।

२७ औं मिनेटमै एलेक्स टेल्सले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा झर्यो। एक खेलाडी कम हुनका बावजुत पनि पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई ७२ मिनेटसम्म गोल गर्न दिएको थिएन।

तर वैकल्पिक खेलाडीद्वय मार्को पिजाका र ड्यानी अल्भ्जले दुई मिनेटको अन्तरमा दुई गोल गरे।

यस्तै इंगलिस च्याम्पियन लेस्टर स्पानिस क्लब सेभियासँग २-१ ले पराजित भयो। क्यास्पर स्माइकलले पेनाल्टी रोक्नु र जेमी भार्डीले गोल गर्दा पनि लेस्टरले हार टार्न सकेन।

सेभियाका लागि २५ औं मिनेट पाब्लो सारावियाले गोल अग्रता दिलाए भने ६२ औं मिनेटमा जाओक्नि कोरेअले गोल थपे।

भार्डीले ७३ औं मिनेटमा लेस्टरका लागि एक गोल फर्काए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell