
इंगलिस क्लब म्यानचेष्टर युनाइटेड, जर्मन क्लब साल्का र रसियन क्लब क्रासनोडर युरोपको दोस्रो दर्जाको क्लब प्रतियोगिता युरो लिगको अन्तिम १६ मा पवेश गरेका छन्।
१० खेलाडीमा रहेर खेलको अन्त्य गरेको युनाइटेडले दोस्रो लेगमा फ्रेन्च क्लब सेन्ट एटिएनेलाई १-० ले पराजित गर्दै समग्रमा ४-० को नतिजा निकाल्यो।
घरेलु मैदान भएको पहिलो लेगमा युनाइटेडले ३-० को जित हात पारेको थियो।
युनाइठेडको लागि १६ औं मिनेटमा हेनरिख मिखातर्यालने गरेको गोल नै निर्णायक बन्यो। ६३ औं मिनेटमा एरिक बेइ दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा झरेको थियो।
यता दोस्रो लेयमा पिएओकेसँग १-१ को बराबरीमा रोकिएपनि साल्का समग्रमा ४-१ ले विजयी भयो।
यस्तै क्रासनोडरलाई अन्तिम १६ मा पुग्न फेनरवाचेसँग १-१ को बराबरी पर्याप्त रह्यो। पहिलो लेगमा १-० ले विजयी भएको क्रासनोडर समग्रमा २-१ ले विजयी भयो।