काठमाडौं: निर्माता रोज राणाले बलिउड फिल्म भूतनाथ, कल किस्ने देखा निर्देशक र भूतनाथ रिटर्नस लेखकको सहकार्यमा फिल्म 'मेरो पैसा खोइ?' घोषणा गरे। बलिउड निर्देशक विवेक शर्माको निर्देशनमा फिल्म बन्ने गसिपले मिडियामा राम्रै ठाउँ पायो।
फिल्म बन्ने मात्र होईन फिल्म नेपालीसँगै हिन्दी भाषामा पनि डब हुने र फिल्ममा बलिउड कलाकार जुही चावला, संजय मिश्रा, राजपाल यादवको पनि अभिनय रहने भनिएको थियो।
पहिलोपोस्टसँगको कुराकानीमा निर्माता रहेका रोजा राणाले भने,'मलाई राजपाल यादवसँग फोनमा कुरा पनि गराएको हो। बलिउडबाट आउने भनेका सबै कलाकारका लागि एड्भान्स रकम पनि बुझाएँ।'
उनमा बलिउड निर्देशकसँगा मिलेर ठूलै फिल्म बन्ने भएर उत्साहा रहेको बताए। तर निर्देशक विवेक शर्मा भारत फर्किएका छन्। आफ्नो प्रेमिकालाई सुटिङ स्पोटमा धेरैले हेरेको आरोप लगाउदै उनी भारत फर्किएका हुन्।
फिल्म युनिट यही फेब्रुअरी ८ तारिखबाट फ्लोरमा निस्किएका थिए। सुटिङ निरन्तर चलिरहेको थियो। निर्माता रोज राणाका अनुसार छायांकन सुरु भएको १५ दिन बित्न लाग्दा पनि भारतिय कलाकार ल्याउन विवेक चुकेका थिए। निर्माण पक्षले बारम्बार बलिउड कलाकारहरु बारे प्रश्न गरेपछी उनी आफूले निर्देशन गरेको फूटेज सबै डिलिट गरेर बिना सूचना भारत फर्किए।
राणाले भने,'मैले पैसा तिरेको कलाकार आउने नाआउने बारे मलाई जानकारी हुनुपर्थ्यो तर त्यसो भएन।' रोजा राणाले दिएको जानकारी अनुसार केहि दिन अघिबाट शर्माले क्यामेरा म्यान, स्पोट राम्रो नभएको तर्क गर्न थालेका थिए।
निर्देशक शर्मालाई तीन किस्तामा २५ लाख बाराबर रकम बुझाएको उनको दाबी छ।
शर्मा भारत भागेपछी रोज स्वयंम निर्देशकको रुपमा फ्लोरमा निस्किएका छन्। रोजले नयाँ कथा तर मेरो पैसा खोइ ? नाममै फिल्म सुरु गरेका हुन्।
फिल्म सोही कास्ट सहित दोलालघाटमा छायांकन भैरहेको छ। जसमा वर्षा राउत, छुल्ठिम गुरुङ र सौगात मल्ल मुख्य अभिनयमा छन्।