PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​शिवरात्रीको तयारी : सिसिटिभीको निगरानी,साधुलाई पिताम्बरी दिन राष्ट्रपतिले संकल्प गर्ने



पहिलोपोस्ट

​शिवरात्रीको तयारी : सिसिटिभीको निगरानी,साधुलाई पिताम्बरी दिन राष्ट्रपतिले संकल्प गर्ने

काठमाडौं : गुठी संस्थानले शिवरात्रीका लागी सबै तयारी पुरा भएको जानकारी दिएको छ। पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा आवश्यक सामाग्रीको व्यवस्था गरिसकेको संस्थानद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संस्थानले महाविशरात्रीको व्यवस्थापनका लागि  गत वर्षजस्तै यसवर्ष पनि २४ लाख रुपैंया बजेट छुट्याएको छ। फागुन ११ मा राष्ट्रपति विद्यादेवी भण्डारीले एकादशीको दिन संस्थानको तर्फबाट राडी, च्यादर, बख्खु, कमान्डलु, शंखघण्ट, पिताम्बरी, लोटा, सिदा साधुसन्तहरुलाई वितरणका लागि संकल्प गर्नेछिन्।

शिवरात्रीको दिन बिहान गुठी संस्थानको तर्फबाट पशुपति मन्दिरमा पन्चामृत स्नानसहित पूजा गरिनेछ । शिवरात्री अवधिभर साधुसन्त, महात्मा, सन्यासीहरुले धुनी बाल्न ३८ हजार किलोग्राम दाउरा गुठी संस्थानले व्यवस्था गरिसकेको छ । स्वदेश तथा विदेशबाट आएका साधुसन्त, महात्मालाई शिवरात्रीको अवसरमा सामान विरण गरिने उसले जनाएको छ।


पशुपति परिसरमा रहनेछन् नागा

शिवरात्रीमा सहभागी हुन आएका साधु सन्तका छुट्टाछुट्टै अखडा छ। शिवरात्री अवधीभर उनीहरु त्यही अखडामा बस्नेछन्। पशुपति परिसरमा नागा साधु रहनेछन्। आर्यघाट पारी राम मन्दिरमा वैष्णव साधु बस्नेछन्। गोरखनाथ मठ मृगस्थलीमा नाथ सम्प्रदाय, भष्मेश्वर अखडामा उदासी साधु राजराजेश्वरी निर्मल अखडामा उदासी  सम्प्रदायका साधु रहनेछन्।

कालमोचनमा बैरागी अखडा, उदासी अखडा,सन्यासी अखडा, गोरखनाथ अखडा छ। सबै अखडामा गुठीले खाना लगायतको सबै ब्यवस्था गर्ने परम्परा छ। शिवरात्रीक आएका साधुको फागुन १५ गते दक्षिणा दिई  बिदाइ हुनेछ। गुठीका अनुसार गरिनेछ । पशुपति मन्दिर परिसरभित्रका नागालाई दक्षिणासहित दुई सय ग्रामको पेडा वितरण गरिने छ। अन्य साधुहरुलाई दक्षिणा दिएर बिदाई गरिनेछ ।

सुरक्षामा सिसिटिभी

शिवरात्रीको सुरक्षाका लागी प्रहरीले पशुपति क्षेत्रको मुख्य स्थानहरुमा क्लोज सर्किट टेलिभिजन जडान गरेको छ। नेपाल प्रहरी, सशस्त्र गरी करिव एक हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। पशुपति क्षेत्रको सफाइमा सेना समेत खटिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell