PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

टुङ्गियो जितविहिन यात्रा : १३ वर्ष ८६ खेलपछि फुटबलमा एन्डोराको पहिलो जित



पहिलोपोस्ट

टुङ्गियो जितविहिन यात्रा : १३ वर्ष ८६ खेलपछि फुटबलमा एन्डोराको पहिलो जित

एन्डोरोले विश्व फुटबलको सबैभन्दा लामा जितविहित यात्रा टुङ्गाएको छ।

मैत्रीपूर्ण खेल अन्तर्गत सान मारिनोलाई २-० ले पराजित गर्दै एन्डोराले ८६ खेलपछि पहिलो जित हात पारेको हो।

२१ वर्षे व्यवासायीक फुटबल इतिहासमा एन्डोरोको यो चौथो जित हो भने घर बाहिर पहिलो जित हो।

पछिल्लो पटक एन्डोराले १३ वर्षअघि सन् २००४ मा मेसोडोनियालाई हराएको थियो। त्यसबाहके एन्डोराले अल्वानिया र बेलारुसलाई पनि एक एक पटक पराजित गरेको छ।

स्टाडिओ ओलम्पिको डे सेराभेलमा भएको खेलमा एन्डोराले सान मारिनोलाई २-० ले हरायो। एन्डोराका लागि २८ औं मिनेटमा इल्डेफासले लिमाले पहिलो गोल गरे।

उक्त गोलसँगै उनले एन्डाराको लागि गोलसंख्या ११ पुर्याएका छन् भने सर्वाधिक गोलकर्ता समेत हुन्। 

यस्तै दोस्रो हाफमा क्रिस्टियन मार्टिनेजले गोल गरे।

यता सान मारिनोले पनि ७५ खेलसम्म जित हात पार्न सकेको छैन। २००४ यता खेलको ७५ मध्ये उसले ७४ खेल हारेको छ भने १ खेल मात्र बराबरी गर्न सकेको छ। 

सन् १९९० देखि फुटबल खेल्न थालेको सान मारिनोले सन् २००४ मा  लिचटेनस्‌टाइनलाई पराजित गरेको थियो। त्यव नै सान मारिनाोले विश्व फुटबलमा हात पारेको एक मात्र जित हो।

फिफाको विश्व वरीयतामा सान मारियोनो २०२ औं तथा एन्डोरो २०३ औं स्थानमा छ। 

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल अन्तर्गत युरोपियन छनोटको समूह बी रहेको एन्डोराले ४ खेल हारिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell