PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

'तु चीज बडी है मस्त-मस्त' फेरि बन्ने, रहनेछ उदितनारायण झाकै स्वर



पहिलोपोस्ट

'तु चीज बडी है मस्त-मस्त' फेरि बन्ने, रहनेछ उदितनारायण झाकै स्वर

पूराना सफल गीतको रिमेक अहिले बलिउडमा ट्रेन्ड जस्तै बनेको छ। फिल्म रईसका लागि बनेको 'लैला मे लैला'को नयाँ भर्सनले त बलिउडमा धमाका नै मच्चायो। ट्रेन्ड फलो गर्दै 'मेशिन' फिल्म युनिटले पनि आफ्नो फिल्ममा ९० को दशकको हिट गीत रिमेक गर्ने भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

निर्देशकद्वय अब्बास- मुस्तानले आफ्नो फिल्म मेशिनका लागि 'तु चिज बडी है मस्त मस्त'लाई पुन: रेकर्ड गर्ने भएका हुन्।

रबिना टन्डन र अक्षय कुमारको फिचरिङ रहेको गीतको भिडियो निकै चर्चामा रह्यो। अब बन्ने भिडियोमा भने अब्बासका छोरा अभिनेता मुस्ताफा बर्मावाला र कायरा अद्भानी देखिने भएका छन्।

गीतमा पुरानै गीतका गायक उदित नारायण झाले स्वर दिनेछन्। महिला गायकमा भने कविता कृष्णमुर्तीको ठाउँ नेहा कक्करले लिदैछिन्।

संजीव कौलको कथामा बन्न लागेको फिल्म आउँदो मार्च १७ मा सार्वजनिक हुँदैछ। थ्रीलर जानराको भनिएको फिल्मलाई जयन्तिलालले निर्माण गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell