PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

संसदको कार्यसूचीमा चढ्यो संविधान संशोधन विधेयक



पहिलोपोस्ट

संसदको कार्यसूचीमा चढ्यो संविधान संशोधन विधेयक

काठमाडौं : संविधानको दोस्रो संशोधन विधेयक संसद्को कार्यसूचीमा प्रवेश गरेको छ। गत मंसिर १४ मा सरकारले संसद्मा दर्ता गरेको संशोधन विधेयक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पुस २२ गते मात्र संसद्मा प्रवेश गरे पनि कार्यसूचीमा चढेको थिएन।

प्रमुख प्रतिपक्षी एमालेले चुनाव घोषणा नहुँदासम्म विधेयक सदनमा पेश गर्न नदिने अडान राखेको थियो। सरकारले चुनाव घोषणापछि एमालेले कार्यसूचीमा राख्न दिने तर पारित हुन नदिने रणनीति लिएपछि बिहीबारको बैठकको कार्यसूचीमा परेको हो।

बिहीबार विहान सभामुखको आग्रहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठकपछि एमाले अध्यक्ष ओली संसद्को कार्यसूचीमा विधेयक राख्न सहमत भएका थिए। विधेयक कार्यसूचीको छैटौ नम्बरमा छ।

संसद्को कार्यसूचीमा परेका सबै विषयलाई महत्व दिएको मानिए पनि अगाडि राखिएका विषयलाई कार्यसूचीको प्राथमिकता भन्ने बुझिन्छ। तर आजको संसद्को कार्यसूचीको एक नम्बरमा प्रधान न्यायाधिश तथा न्यायाधिशहरुको तलव तथा सुविधासम्बन्धि विधेयक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell