PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

​स्ववियु निर्वाचन सार्न माग गर्दै ठाकुरराम क्याम्पसमा आगो लगाइयो



राधेश्याम पटेल

​स्ववियु निर्वाचन सार्न माग गर्दै ठाकुरराम क्याम्पसमा आगो लगाइयो

वीरगञ्ज : ठाकुराम बहुमुखी क्याम्पसमा मधेसी मोर्चामा सम्बद्द विद्यार्थी युनियनका  विद्यार्थीले आगो लगाएका छन्। निर्वाचन प्रक्रियाको विरोध गर्दै उनीहरुले क्याम्पसमा आगो लगाएका हुन्।

क्याम्पसको प्रशासनका सहायक प्रमुख प्रमोद गुप्ताको कोठामा गरिएको आगजनीका कारण कोठामा रहेका फर्निचर र कागजपत्र डढेर नष्ट भएका छन्। घटनामा विद्यार्थी नेता ओमलोक सिंह, लेखापाल उमेश शाह र लाब्रेरियन मनोहर शाह घाइते भएका छन्।

दाहिने खुट्टामा गम्भिर चोट लागेका सिंहलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि पुर्याइएको छ। त्यस्तै अन्य दुई सामान्य घाइते भएका छन्।

प्रहरीले समाजवादी युनियनका निखिल बर्णाल, मधुसुदन चौरासिया र कृष्ण दासलाई नियन्त्रणमा लिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell