काठमाडौँ : संसद्मा संविधान संशोधनमाथिको छलफल जारी रहँदा बिहीबार नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा एकाएक उभिए।
उनले माइक समाते।
सभामुखले के भयो माननीय सदस्य भन्दै प्रश्न गरिन्।
उनले सोधिन्- 'केमा हो नियमापत्ती?'
खतिवडाले माइक ताने र भने- 'संसदमा दुई वटा घडी छन्। एउटामा एउटामा साढ चार भयो। अर्कोमा साढे पाँच भयो। कुन समय सही हो सभामुख महोदय।'
घर्तीको नियमापत्तीले सांसदहरु त हाँसे नै सभामुख घर्ती पनि मुसुमुसी हासिन्।
उनले खतिवडालाई भनिन्- 'ध्यानाकर्षण भयो माननीय सदस्य, बसौँ।'