PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

'मेरो अदालतमा तुरुन्त निसाफ मिल्छ’ : अनुपविक्रम शाही



पहिलोपोस्ट

'मेरो अदालतमा तुरुन्त निसाफ मिल्छ’ : अनुपविक्रम शाही

काठमाडौं: अभिनेता अनुपविक्रम शाहीको मुख्य भूमिका रहने फिल्म ‘निसाफ’ फ्लोरमा निस्किएको छ। बिहीबारबाट फिल्मको छायांकन सुरु भएको हो।

मुर्हत सटसमेत लिइएको कार्यक्रममा अभिनेता अनुपविक्रमले ‘अदालतमा निसाफ मिल्ला नमिल्ला तर  भन्ने चलचित्रभित्र रहेको एक संवाद बोल्दै मुर्हत सट दिए।

अपराधिक कथामा बन्न लागेको यो फिल्ममा अनुपसँगै सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना, सगुन थापा, विजयजङ रायमाझी, रविना खतिवडा, साधना सिलवाललगायतको अभिनय रहेको छ। फिल्मका निर्देशक नेत्र गुरुङ हुन्। यो उनको निर्देशनमा डेब्यु चलचित्र हो।



सुपरियल फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मलाई यसजंग रानाले निर्माण गर्दैछन्। दिव्य सुवेदीको छायाङ्कन, मनोज चौलागाइको संगीत, श्री श्रेष्ठको द्वन्द्व र कविराज र बब्बुको नृत्य रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell