PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

तिलोतमा गोल्डकप : एपीएफ क्वाटरफाइनलमा



पहिलोपोस्ट

तिलोतमा गोल्डकप : एपीएफ क्वाटरफाइनलमा

बुटवल : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ १९ औं तिलोतमा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा विहीबार भएको उद्घाटन खेलमा एपीएफले शेरे एफसी कालिम्पोङलाई १-० ले पराजित गर्‌यो।

एपीएफलाई जित दिलाउन खेलको २१ औं मिनेटमा सरोज कोइरालाले गरेको गोल नै निर्णायक बन्यो।

एपीएफले अब क्वाटरफाइनलमा रुपन्देही-११ सँग खेल्नेछ। प्रतियोगितामा शुक्रबार नेपाल आर्मी र भारतको सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

रुपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा कुल १० टोलीको सहभागी रहेको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell