PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

‘लभ लभ लभ’ ट्रेलरमा यस्तो



पहिलोपोस्ट

‘लभ लभ लभ’ ट्रेलरमा यस्तो

काठमाडौं: फिल्म ‘लभ लभ लभ’को ट्रेलर सार्वजनिक गरेको छ। बिहिबार युट्युवमार्फत सार्वजनिक ट्रेलरले सरल किसिमको माया प्रेमको कथा बोल्छ। दिपेन्द्र के खनाल फिल्मका निर्देशक हुन्।

फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन्। अमृत पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा शर्मिला पाण्डे फिल्मकी निर्मात्री छिन्। सुरज सिने आर्ट्सले फिल्मलाई प्रस्तुत गरेका हुन्।

फिल्मको एक गीत यसअघि नै सार्वजनिक भइसकेको छ। प्रचार प्रसारका लागि टिमले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। भ्यालेनटाइन विशेष कार्यक्रम लगत्तै कथा प्रतियोगिता घोषणा समेत गरेको छ।  

निरज पाण्डेले खिचेको फिल्ममा सुरेश राईको संगीत छ। रमेश बुढाथोकी रुपा राना, सिपी पौड्याललाई पनि लिड अभिनयमा देख्न सकिन्छ। फिल्म बैशाक १ गते सार्वजनिक हुँदैछ। 

हेर्नुस भिडियो: 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell