PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

अक्षयकुमारले गरे 'जोली एलएलबी ३' बनाउने घोषणा



पहिलोपोस्ट

अक्षयकुमारले गरे 'जोली एलएलबी ३' बनाउने घोषणा

बलिउड नायक अक्षयकुमारले 'जोली एलएलबी ३' बनाउने घोषणा गरेका छन्। जोली एलएलबी २ ले सय करोड कमाइ गरेपछि आयोजित कार्यक्रममा उनले तेश्रो चलचित्रको घोषणा गरेका हुन्।

अक्षयकुमारको 'जोली एलएलबी २' सय करोड कमाउने पाँचौ फिल्म हो। फक्स स्टार स्टुडियोजका विजय सिंहले  तेश्रो सिक्वेल बनाउने घोषणाका लागि अक्षयकुमारलाई अगाडि सारेका थिए।

'एउटा वा दुइवटा सिक्वेल हिट भएपछि तेश्रो बेच्न प्रोड्युसरलाइ गाह्रो हुन्न', विजय सिंहले भने, 'गोलमाल सिरिजको चौथो फिल्म सुटिङ हुदैँछ।'
अक्षयकुमारले यसअघि वान्स अपन अ टाइम इन मुम्बइको सिक्वलेमा काम गरेका थिए। जोली एलएलबीको सिक्वेलमा काम गर्ने विषयमा अक्षय समेत खुसी भएको फस्टपोस्टले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell