काठमाडौं : नेपाली नम्वर वान गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत लगातार तौथो उपाधि जितेका छन्।
वर्षको चौथो प्रतियोगिताको सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको विहीबार च्याम्पियन बन्दै उनले उक्त उपलब्धी हासिल गरेका हुन्।
गोकर्ण गल्फ क्लबमा सोमबारदेखि भएको प्रतियोगितामा अघिल्ला तिन दिन पछि परेका शिवरामले अन्तिम दिन उत्कृष्ट प्रदर्शन गरे।
करियरको ३४ औं उपाधि जित्ने क्रममा शिवरामले पार-७२ गोकर्ण गल्फ क्लबमा विहीबार ३ अण्डर ६९ को स्कोर गर्लै कूल ४ अण्डर २८४ स्कोर गरे। १ अण्डर २१५ स्कोरसहित शिवराम तेस्रो दिनसम्म सन्जय लामासँगै संयुक्त रुपमा तेस्रोमा थिए।
उपाधिसँगै उनले नगद १ लाख १० हजारको चेक हात पारे।
अन्तिम दिन शिवराम १६ वर्षे अम्याचर गल्फर तेन्जिङ छिरिङ भन्दा ९ स्ट्रोकले पछि थिए। तर लगातार तिन दिनसम्म अग्रता कायम राखेका तेन्जिङले अन्तिम दिन खराब प्रदर्शन गरे।
अन्तिम दिन ७ अण्डर ७९ स्कोर गरेका तेन्जिङ कुल ३ अण्डर २८५ सहित उपविजेता बने।
अम्याचरतर्फ भने तेन्जिङ च्याम्पियन बने।
यस्तै अन्तिम दिन इभन पार ७२ स्कोर गरेका डिफेन्डिङ च्याम्पियन सन्जय लामा प्रोफेसनलतर्फ दोस्रो तथा समग्रमा तेस्रो भए। उनले कूल २ अण्डर २८७ स्कोर गरे। लामाले नगद ७० हजार बराबरको चेक प्राप्त गरे।
आरएनजिसीका रवी खड्का र गोकर्ण क्लबका भुवन नगरकोटी प्रोफेसनलतर्फ संयुक्त रुपमा तेस्रो भए। उनीहरुले ४५ हजारको चेक हात पारे।
कुल ६ लाख पुरस्कार राशी रहेको प्रतियोगितामा ३३ प्रोफेसनल र १५ अम्याचर गल्फरले सहभागिता थियो।
विजेतालाई सूर्य नेपाल सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष दिप्रा लहिरी, मार्केटिङ म्यानेजर किसन गुरुङ, एनपिजिए अध्यक्षा रविन्द्र मान शाक्य लगायतले पुरस्कार प्रदान गरे।