PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

अघि बढ्यो संविधान संशोधन, एमालेको मौनता र नेमकिपाको नाराबाजीबीच विधेयक स्वीकृत



पहिलोपोस्ट

अघि बढ्यो संविधान संशोधन, एमालेको मौनता र नेमकिपाको नाराबाजीबीच विधेयक स्वीकृत

काठमाडौँ : नेकपा एमालेको मौनता र नेपाल मजदुर किसान पार्टीको नाराबाजीबीच संविधान संशोधन विधेयक स्वीकृत भएको छ। एमाले सहितका नौ दलको अवरोधका कारण लामो समयसम्म विधेयक अगाडि बढ्न सकेको थिएन। गत मंसिर १४ गते दर्ता भएर गत पुस २४ मा नाराबाजी र होहल्लाबीच विधेयक संसदमा टेबल भएको थियो।

विहिबार एमालेले एक दिनक लागि भन्दै सकरात्मक हस्तक्षेपको रुपमा संसदमा मौनता साँध्ने निर्णय गरेको थियो। एमालेको मौनताको बीच विधेयक संसदले बहुमतले स्वीकृत गरेको हो। विधेयक स्वीकृतसँगै संशोधनका लागि अगाडि बढेको छ।

अब संविधान संशोधन प्रस्ताव माथि सांसदहरुले संशोधन राख्न पाउनेछन्। कानुन मन्त्री अजयशंकर नायकले संसद्‍मा संविधान संशोधन सैद्धान्तिक छलफलका लागि पेश गरेका थिए। नायकले पेश गरे लगत्तै नौ दलीय गठबन्धनमै रहेको नेपाल मजदूर किसान पार्टीले भने नाराबाजी गरेको थियो। नेमकिपाले संशोधन माथिको छलफल अवधिभर तथा स्वीकृत गर्न निर्णयार्थ पेश गर्ने बेलासमेत नाराबाजी गरेको थियो।

कानुन मन्त्री अजयशंकर नायकले भने मुलुकमा निर्वाचनको वातावरण बनेको र संविधानको सर्वस्वीकार्यतका लागि संशोधन अगाडि बढाउन आग्रह गरे। उनले संशोधनले सबै वर्ग र क्षेत्रको संविधानमा स्वामित्व सुनिश्चित गर्ने बताए।



के भने छलफलमा सांसदहरुले


संसद्‍मा संविधान संशोधनमाथिको छलफलको क्रममा नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले अन्तिमसम्ममा सबै दल एक ठाउँमा आउने बताए। 'आगामी दिनमा छलफल र बहसको प्रक्रियाबाट पारित गरेर नयाँ ढंगको एकता हासिल गर्न जरुरी छ। तराई-मधेसका जनतामाथि शंका मात्र गर्ने र रैती मात्र ठान्ने मानसिकताले राणा ढले पञ्च ढले। मलाई लाग्छ यो पारित हुने बेलासम्म पक्ष र प्रतिपक्ष भेटिदैँन', उनको भनाई थियो।

तमलोपाका संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले संविधान सर्वस्वीकार्यता दिएर मात्र कार्यान्वयनमा जानुपर्ने बताए। 'त्रुटिपूर्ण रुपमा यसलाइ सर्वस्वीकार्य नबनाई निर्वाचनमा जान सम्भव छ भन्ने उहाँहरुको विवेकको कुरा हो', उनले भने। उनले संशोधन प्रस्तावको हविगतबारे आफू जानकार नभएको बताए। 

उनले संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गरे। प्रतिपक्षले आफ्नो गम्भीरतामा ध्यान दिने उनको भनाइ थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell