
बेइजिङ : चीनमा सन् २०१६ मा संक्रमक रोगका कारण १८ हजार दुई सय ३७ जनाको मृत्यु भएको बिहीबार सार्वजनिक भएको चिनियाँ सरकारी तथ्याङ्कमा जनाइएको छ।
सन् २०१६ मा करिब ६९ लाख चिनियाँ विभिन्न सङ्क्रामक रोगका कारण बिरामी परेकामा १८ हजार २३७ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ।
सो समयमा एक जनाको प्लेग (पेसिलेन्स) र २७ जनाको हैजाको उच्च जोखिमयुक्त ‘क’ वर्गको सङ्क्रमण भए पनि सबै जना उपचारपछि घर फर्किएको आयोगले बताएको छ।
सन् २०१६ मा देखिएका करिब २९ लाख व्यक्तिमा ख वर्गको सङ्क्रमण भेटिएको थियो । जसका कारण १७ हजार ९६८ जनाको मृत्यु भएको चीनले बताएको छ।
एचआईभी/एड्स, क्षयरोग, रेबिज, हेपाटाइटिस र बर्ड फ्लुका कारण मृतकमध्ये ९८.८ प्रतिशतको मृत्यु भएको थिया ।
त्यस्तै ग वर्गको रोगको सङ्क्रमण ३९ लाख व्यक्तिमा देखिएकोमा २६९ जनाको यसबाट मृत्यु भएको आयोगले जानकारी गराएको छ। रासस/सिन्ह्वा