PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित आज वीरगन्जमा, विशेष पूजाको तयारी



राधेश्याम पटेल

पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित आज वीरगन्जमा, विशेष पूजाको तयारी

वीरगन्ज :  पूर्वराजा ज्ञानेन्द्र शाह महाशिवरात्रीको दिन विशेष पूजाका लागि वीरगन्जस्थित अलखिया मठ शिवालयमा आज आउँदै छन्। पूर्वरानी कोमल शाहका साथ दिउँसो चार बजे अलखिया मठमा पूजा आराधना गर्ने उनको कार्यक्रम छ।
 
दर्शन गरेपछि त्यहाँबाट वीरगन्जको मुख्य सडकबाट पैदल यात्रा गरी माइस्थानस्थित गहवामाई मन्दिरमा पूजा एवं दर्शन गर्ने कार्यक्रम रहेको पूर्वराजाका मुख्य सचिव सागर तिमल्सिनाले जानकारी दिए।
 
कोमलको जन्मोत्सव मनाउन गतहप्ता सिमरा आइपुगेका पूर्वराजा शाह दुई हप्ते भ्रमणको क्रममा चितवन, मकवानपुर भ्रमणपश्चात् महाशिवरात्रिको अवसर पारी आज वीरगन्ज आउन लागेका हुन्। पूर्वराजालाई स्वागत गर्न नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद्, राष्ट्रिय सरोकार मञ्च नेपाल, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रवादी शान्ति समूह, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय, शिव सेना नेपाल, देशभक्त राजभक्त समूहलगायत विभिन्न राष्ट्रवादी संघसंस्थाहरू लागिपरेका छन्।
  
शाहले बिहीबार बिहान सिमरास्थित प्रभु निवासमा बारा, पर्सा, रौतहट, मकवानपुर लगायत जिल्लाका सर्वसाधारण नागरिक एवं राष्ट्रवादी संघसंगठनका पदाधिकारी, सञ्चारकर्मी, बुद्धिजीवी, समाजसेवीसँग देशको राजनीतिक अवस्थाबारे छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell