PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी, स्ववियु चुनाव अनिश्चित



राधेश्याम पटेल

​ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी, स्ववियु चुनाव अनिश्चित

वीरगन्ज : मोफसलको जेठो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ। विद्यार्थी संगठनको विवादका कारण निर्वाचनका लागि संगठन दर्ता कक्षमा बिहीबार मधेशवादी दल आवद्ध विद्यार्थी संगठनले आगजनी गरेका छन्। आगजनीपछि निर्वाचन अधिकृतले समेत राजीनामा दिएका छन्। 

बिहीबार दिउँसो करिव डेढ बजे क्याम्पसमा भएको आजगनीको घटनाले निर्वाचन अनिश्चित बनेको हो। घटना लगतै सुरक्षाको कारण देखाउँदै  निर्वाचन अधिकृत प्राध्यापक डा। हैम्मुदुर रहमानले निर्वाचन अधिकृतबाट राजिनामा दिएका हुन्। 

रहमानले राजीनामा दिएको ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रमोद कुशवाहाले बताए।

चुनाव सार्न माग गर्दा नेविसंघ, अखिल र अखिल क्रान्तिकारी नमानेको भन्दै मधेसी दल आवद्ध विद्यार्थी संगठनले पेट्रोल छर्की संगठन दर्ता कार्यकक्षमा आगो लगाएका हुन्। 

मधेसी दलका विद्यार्थी संगठनले माओवादी, एमाले, र काग्रेसका विद्यार्थी संगठनले गत माघ १३ र १४ गते फर्जी विद्यार्थीहरुलाई भर्ना गराई निर्वाचन प्रक्रियालाई प्रभावित पारेको आरोप लगाउँदै आएका छन्। उक्त भर्ना रद्द गर्नुपर्ने माग उनीहरुको छ। 

मागमा वेवास्ता गरेका कारण प्रतिकार स्वरुप घटना भएको तमलोपा निकट तराई मधेस विद्यार्थी फ्रन्ट एकाई अध्यक्ष विशालकुमार बिटुले बताए।

आगजनीमा संगठन दर्ता कार्यकक्षको टेबल, सोफा, कुर्सी, सूचनापाटी, तथा अन्य आवश्यक कागजात जलेका छन्। आगजनी अघि संगठन दर्ता पुस्तिका विद्यार्थीहरुले च्यातेका थिए।


आगजनीमा तराई मधेश विद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव ओमलोक सिंह घाइते भएका छन्। उनको दाया खुटा पोलेको छ। 

चुनवाको प्रक्रिया स्थगित गर्ने कि सुरक्षा प्रबन्धमा अघि बढाउने भन्ने विषयमा क्याम्पस प्रशासन छलफलमा रहेको क्याम्पस प्रमुख कुशवाहाले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell