PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

​लेस्टरलाई पहिलो पटक प्रिमियर लिग उपाधि दिलाएका प्रशिक्षक रानिएरी बर्खास्त



पहिलोपोस्ट

​लेस्टरलाई पहिलो पटक प्रिमियर लिग उपाधि दिलाएका प्रशिक्षक रानिएरी बर्खास्त

लेस्टर सिटीलाई गत वर्ष इतिहासकै पहिलो प्रिमियर लिग उपाधि दिलाएका प्रशिक्षक क्लाउडियो रानिएरी बर्खास्त भएका छन्।

लेस्टरलाई च्याम्पियन बनाएको ९ महिनापछि क्लबले उनलाई शुक्रबार बर्खास्त गरेको हो।

यस सिजन १३ खेल मात्र बाँकी रहदा लेस्टर रेलिगेशन जोन भन्दा मात्र १ अंकले माथि छ।

६५ वर्षे इटालियन प्रशिक्षक रानिएरीले लेस्टरलाई गत वर्ष ५०००/१ मा को सम्भावनामा उपाधि जिताएका हुन।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा सेभियासँग २-१ ले पराजित भएको २४ घण्टा नबित्दै उनी बर्खास्तीमा परेका हुन्। 

गत वर्ष १० अंकको अन्तरमा उपाधि जितेका लेस्टरले यस सिजन ५ खेल मात्र जितेको छ।

सन् २०१५ को जुलाईमा लेस्टरको प्रशिक्षक नियुक्त भएका रानिएरीले सन् २०१६ अगस्टमा ४ वर्षको सम्झौता थप गरेका थिए। 

लेस्टर सिटीको इतिहासमा रानिएरी क्लबको सबैभन्दा सफल प्रशिक्षक भएको बताउँदै क्लबले स्टेटमेन्टमा भनेको छ, तर डोमेस्टिक लिगमा क्लबको स्ट्याटस गुम्ने खतरामा रहेको रहेको छ।

रानिएरीले बर्खास्त गर्ने निर्णयमा विश्व फुटबलसँग सम्बन्धीत व्यक्तिहरुले भने आश्चर्य व्यक्त गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell