PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​पशुपति क्षेत्रमा उच्च सुरक्षा सतर्कता, तीन सिफ्टमा प्रहरी परिचालन



पहिलोपोस्ट

​पशुपति क्षेत्रमा उच्च सुरक्षा सतर्कता, तीन सिफ्टमा प्रहरी परिचालन

काठमाडौं : महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रको सुरक्षा व्यवस्थामा उच्च सकर्तता अपनाइएको प्रहरीले जनाएको छ। 

भीडका कारण पशुपति क्षेत्रमा हुने सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सादा पोसाकमा समेत प्रहरी परिचाल गरेको छ। प्रत्येक सिफ्टमा ९ सयका दरले प्रहरीले परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले बताए। 

उनले भने ‘एक पटकमा करिव ९ सय प्रहरी रहनेगरि तीन सिफ्टमा प्रहरी परिचालन गरिएको छ सुरक्षा व्यवस्था एकदमै कडा छ। शिवरात्रिमा भीडको मौका छोपी हुनसक्ने चोरी, लुटपाटलगायतका गतिविधिलाई नियन्त्रण गर्न बिशेष प्रहरी समेत खटाइको छ।’

शिवको प्रसाद भन्दै गाजा, भाङ खाने यूवाकोे पनि निगरानी गरिएको एसएसपी जोशीले बताए। भारतबाट आएका साधुलाई पनि बिक्री वितरणमा रोक लगाएको उनले बताए । 


पशुपति क्षेत्रमा प्रहरीले सिसिटिभी जडान गरी सुरक्षा गतिविधि निगरानी गरिरहेको छ।

कुनै पनि व्यक्तिले सार्वजनिक स्थानमा गाजा, भाङ खाएको पाइए प्रहरीले तत्काल कारवाही गर्ने उनले बताए। 

दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी करिव ४ हजार, सशस्त्र प्रहरी एक हजार पाँच सय र आवश्यकता राष्ट्रिय अनुसन्धान विभागका प्रहरी खटाइएको छ।  यसपटक १० लाख दर्शनार्थीले पशुपति दर्शन गर्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell