
युरोपको दोस्रो दर्जाको क्लब फुटबल प्रतियोगिता युरोपा लिगबाट प्रिमियर लिग क्लब टोटनहम हट्सपर बाहिरिएको छ।
अघिल्लो दिन प्रिमियर लिगकै म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको टोटनहम भने जेन्टसँग समग्रमा ३-२ ले पराजित हुँदै बाहिरिएको छ।
पहिलो लेग अवे मैदानमा १-० मा हारेको टोटनहमलाई अन्तिम १६ मा पुग्न दोस्रो लेग एक गोल अन्तरले जित्नुपर्ने थियो तर डेले अलीले रातो कार्ड पाएको खेलमा टोटनहम जेन्टसँग २ २ गोलको बराबरीमै रोकियो।
टोटनहमका लागि घरेलु मैदान क्रिस्टियन एरिक्सन र भिक्टर वानयमाले गोल गरे।
धेरै हदसम्म जेन्ट भागयमानी रह्यो। उसका लागि टोटनहमका ह्यारी केनले आत्मघाती गोल उपहार दिए भने ८ मिनेट बाँकी रहदा टोटनहम एक खेलाडी कम रहेको फाइदा उठाउँदै जेरेमी पर्ववेतले गोल गरे।
यता जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाचले भने शानदार पुनरागमन गर्दै इटालियन क्लब फियोरेन्टिनालाई समग्रमा ४-३ ले हरायो।
पहिलो लेगमा १-० ले हारेर दोस्रो लेगमा समेत २ गोलले पपछि परेको अवस्थामा मोन्चेनग्लाडबाचले ४ गोल फर्कायो।
उसका लागि लार्स स्टिन्डलले ह्याट्रिक गरे भने क्रिस्टिनसेनले १ गोल गरे। त्यसअघि निकोला कालिनिक र बोजा भालेरोले फियोरेनिटनाका लागि गोल गरेका थिए।
अनय खेलमा विजयी हुँदै इटालिको रोमा, स्पेनको सेल्टा भिगो, रसियाको रोस्तोभ, बेल्जियमको एन्डरलेक्ट र जेन्क, फ्रान्सको लियोन, ग्रीसको ओलम्पियाकोस, नेदरल्याण्ड्को अयाक्स, टर्कीको बेसिकटास, साइप्रसको अपोइल रडेनमार्कको कोपनहेगन अन्तिम १६ मा प्रवेश गरेका छन्।
यसअघि नै म्यानचेष्टर युनाइटेड साल्का र क्रासनोडर अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।