PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

बुधबारदेखि २० वर्षे सार्वजनिक सवारीसाधन हट्दै, चलाएको पाइए जरीवानासहित जफत



पहिलोपोस्ट

बुधबारदेखि २० वर्षे सार्वजनिक सवारीसाधन हट्दै, चलाएको पाइए जरीवानासहित जफत

  • दिनेश खड्का/पहिलोपोस्ट 
काठमाडौं : सरकारले बुधबारदेखि २० वर्ष पुराना सवारीसाधन चलाएमा जरीवानासहित जफत गर्ने भएको छ। यातायात व्यवस्था विभागले फागुन १७ गतेबाट २० वर्षे पुराना सवारी साधन हटाउने नीति लिए अनुसार कारबाही गर्ने भएको हो।
 
फागुन १८ गतेदेखि २० वर्ष पुगेका गाडी चलाएमा गैरकानुनी हुने र जरीवानासहित गाडी जफत गर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए। पछिल्लो समयमा अनुगमन तीव्र पारेको बताउँदै उनले असार १८ गतेदेखि ट्राफिक प्रहरीको सहयोगमा २० वर्षे गाडी नियन्त्रणमा लिइने जानकारी दिए।
 
उनका अनुसार नियन्त्रणमा लिइएका गाडीको जरीवानासहित सबै राजस्व बुझाउन लगाएर पत्रु गर्न सवारी साधन धनीलार्इ नै जिम्मा लगाइनेछ। 'विभागले फागुन ५ गतेबाट ट्राफिक प्रहरीको सहयोगमा सवारी अनुगमन सुरु गरिसकेको छ,' उनले भने, 'अनुगमनलाई तीव्र बनाइएको छ भने गाडी गुड्ने सम्भावित क्षेत्रमा माइकिङ गरी जनचेतना प्रवाह गरिरहेका छौं।' 

बाहिर चलाउन पाइँदैन

विभागले दिएको जानकारी अनुसार यस्ता २० वर्ष पुराना भाडाका सवारीसाधन बाहिर लगेर सञ्चालन गर्न पाइँदैन। विभागले यस्ता गाडीलाई अञ्चलीकरण गर्न अनुमति दिँदैन।
 
सवारी सरुवा सहमति रोकिने बताउँदै प्रवक्ता पाण्डेले त्यस्ता सवारीहरुलाई रुट इजाजत नदिइने बताए। यो नीतिसँगै करिब २५ सय सवारीसाधन राजधानीबाट विस्थापित हुनेछन्। उनले भने, 'सार्वजनिक सवारीसाधन विस्थापनपछि निजी र सरकारी गाडी हटाउने बारे विभागले अध्ययन थाल्नेछ।'
 
पहिलो चरणमा विभागले सार्वजनिक यातायातमा चल्ने २० वर्षे गाडी हटाउनेछ भने पछि निजी र सरकारीको अध्ययन गरेर तिनलाई पनि हटाउनेतर्फ लाग्नेछ। तर यो निर्णयको यातायात व्यवसायीले भने विरोध गर्दै आएका छन्।
 
उनीहरुले २० वर्षे सवारीसाधन हटाउन तयार भए पनि नयाँ गाडी किन्दा भन्सार छुटको व्यवस्था हुनुपर्ने अडान राख्दै आएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्सार छुट प्याकेज दिएर मात्रै पुराना गाडी हटाउने शर्त राखेको हो। उपत्यकाबाहिर भने अर्को वर्षको फागुन ३० गतेबाट २० वर्षे गाडी हटाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell