PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

अोस्कार अवार्ड रेड कार्पेटमा देखिने छैनन् दीपिका पादुकोण



पहिलोपोस्ट

अोस्कार अवार्ड रेड कार्पेटमा देखिने छैनन् दीपिका पादुकोण

अभिनेत्री दीपिका पादुकोणले आफू अोस्कार अवार्ड समारोहमा भाग नलिने बताएकी छिन्। अोस्कार अवार्ड समारोह २७ फेब्रुअरीमा अमेरिकाको लस एन्जल्समा आयोजना हुँदैछ। 

हलिउडमा फिल्म 'त्रिपल एक्स द रिट्रन अफ जेन्डर केज'मार्फत इन्ट्री गरेकी हुन्। यसअघि उनी अोस्कारको रेड कार्पेटमा देखिने भनिएको थियो।
 
दीपिकाको पहिलो हलिउड फिल्म इन्डियामा १४ जनवरी र हलिउडमै भने १९ जनवरीबाट प्रदर्शनमा आएको थियो। फिल्ममा हलिउड स्टार विन डिजलको मूख्य भूमिकामा रहेकी थिइन्। तर फिल्म बक्सअफिसमा भने असफल कहलियो। दीपिकाको अभिनयको भने समीक्षकले राम्रो प्रतिक्रिया दिए।
 
फिल्मबारे बोल्दै उनले भनिन्, 'भारतीय दर्शकले मेरो फिल्म मनपराइदिनु नै मेरो लागि खुसीको कुरा हो।'
 
त्रिपल एक्सकै युनिटको तर्फबाट दीपिकालाई अस्कर अवार्डमा भाग लिन जाने अवसर मिले पनि उनले आफू सहभागी नहुने प्रस्ट पारेको एनडिटिभी इन्डियाले जनाएको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell