PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

टुँडिखेलमा सेनाको परेड, हेर्नुस् २५ फोटोमा

टुँडिखेलमा सेनाको परेड, हेर्नुस् २५ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर शुक्रबार सेना दिवस मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा सेनाले परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायत विविध कौशल देखाएको थियो।
 
सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्चमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी भएकी थिइन्।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्तीमगर, प्रधानन्याधीश सुशीला कार्की लगायतका उच्च अधिकारीहरु कार्यक्रममा उपस्थित थिए। 
 
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

फोटोमा हेर्नुस्, सेनाको परेड र विभिन्न कौशल-


ट्रेन्डिङ पोस्ट

Ncell