PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

'होटल टुँडिखेल'मा आतंककारीमाथि आर्मी-एक्सन, यस्तो देखियो सेनाको अपरेसन



दीपेन श्रेष्ठ

'होटल टुँडिखेल'मा आतंककारीमाथि आर्मी-एक्सन, यस्तो देखियो सेनाको अपरेसन

काठमाडौँ : राजधानीको होटल टुँडिखेलमा विदेशी नागरिक, अति विशिष्ट व्यक्ति र सर्वसाधारणलाई आतङ्ककारीले बन्धक बनाए। सरकार र उनीहरुबीच वार्ता भयो। वार्ताबीच आतङ्ककारीले एक व्यक्तिलाई गोली हानेर होटलबाट बाहिर फालिदिए। वार्ता विफल भयो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले होटल टुँडिखेल आसपासको क्षेत्र नियन्त्रणमा लिए।
 
यसबीच सरकारले सेनालाई निर्देशन दियो बन्धक बनाएकाहरुलाई छुटाउनू।
 
नेपाली सेना तत्काल एक्सनमा आयो। उसले ड्रोन मार्फत होटल क्षेत्रको निगरानी गर्‍यो। सेनाको टुकडीले जमिन र आकाशबाट कारबाही सुरु गर्‍यो। हेलिकोप्टरबाट सैनिकहरु भवनमा झरे। पैदल गएका र अन्य टुकडी भवनमा भर्‍याङ लगाएर प्रवेश गरे।
 
सेनाले केही मिनेटमै कारबाही समाप्त पार्‍यो। आतङ्ककारीहरु सखाप भए। बन्धकहरु छुटे।
 
हेर्नुस्, सेनाले सैनिक दिवसमा देखाएको अपरेसनको भिडियो-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell