
बुटवल : विभागीय टोली नेपाल आर्मी भारतिय क्लब युनाइटेड सिक्किम एफसीमाथि गोलको वर्षा गर्दै १९ औं तिलोतमा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको खेलमा सब्सिच्युट खेलाडी अमृत बस्नेतले ह्याट्रिक गरेपछि आर्मीले युनाइटेड सिक्किम एफसीलाई ८-० को फराकिलो अन्तरले पराजित गर्यो।
बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा भएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका अमृतले ६३, ८१ र ९० औं मनेटमा गोल गरे।
पहिलो हाफमा २ गोल गरेको आर्मीले दोस्रो हाफमा ६ गोल थप्यो। पहिलो हाफमा आर्मीका लागि विकेक बस्नेत र टंक बस्नेतले गोल गरेका थिए। यस्तै दोस्रो हाफमा दिप लामाले २ तथा सन्तोष तामाङले १ गोल गरे।
आर्मीले अब सेमिफाइनल प्रवेशका लागि अर्को विभागीय क्लब नेपाल पुलिससँग खेल्नेछ।
पुलिसले संकटासँग धरानमा १९ औं बुढासुब्बा गोल्डकपको फाइनलमा खेल्ने भएकोले तिलोतमा गोल्डकपको खेल तालिकामा केही परिवर्तन गरिएको थियो। जस अनुसार अब संकटाले तेस्रो क्वाटरफाइनलमा विभागीय क्लब एपीएफसँग खेल्नेछ।
रुपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा कुल १० टोलीको सहभागी रहेको छ।
प्रतियोगिताअन्तर्गत शनिबार पहिलो क्वाटरफाइनलमा रमपम झापा-११ र हिमालयन शेर्पा क्लब काठमाडौंबीच खेल हुनेछ।