PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरुको सुविधा तोकिदैँ, यस्तो छ प्रस्ताव



पहिलोपोस्ट

पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरुको सुविधा तोकिदैँ, यस्तो छ प्रस्ताव

काठमाडौँ : सरकारले पूर्व विशिष्ट पदाधिकारीको सुविधा व्यवस्थित गर्ने विधेयक संसदमा दर्ता गराएको छ। यसअघि २०७२ मंसिरमा सरकारले विधेयक दर्ता गरे पनि विरोध भएपछि फिर्ता लिएको थियो।

सरकारले ल्याएको विधेयकमा पूर्व राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री/मन्त्रिपरिषद् अध्यक्ष, पूर्व सभामुख र सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाई सुविधा दिन प्रस्ताव गरिएको छ।

पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई मासिक वृत्ति उपलब्ध गराउन प्रस्ताव गरिएको छ। पूर्व प्रधानमन्त्री तथा पूर्व सभामुख लगायतले भने मासिक वृत्ति पाउने छैनन्। हाल नेपालमा ६ पूर्व प्रधानमन्त्री र एक पूर्व मन्त्रिपरिषद्का अध्यक्ष रहेका छन्। के के छन् प्रस्ताव हेर्नुस् टेबलमा
 

कसलाई मासिक वृति आवास सवारी र इन्धन निजि सिचवालय सुरक्षा
राष्ट्रपति ५० हजार २ लाख (घर नभए)
१ लाख (घर भए मर्मतका लागि)
१ गाडी (आफ्नै गाडि भए  मर्मतका लागि मासिक २५ हजार)
मन्त्री सरह इन्धन
१ उपसिचव, १ सवारी चालक, १ कार्यालय सहयोगि खतरा मुल्याङ्कनको आधारमा
उपराष्ट्रपति ४० हजार ७५ हजार (घर नभए)/
५० हजार घर भए मर्मतका लागि


 
१ गाडी (आफ्नै गाडि भए  मर्मतका लागि मासिक २५ हजार)
राज्यमन्त्री सरह इन्धन
१ शाखा अधिकृत/ १ कार्यालय सहयोगि खतरा मुल्याङ्कनको आधारमा
पूर्व प्रधानमन्त्री/
सभामुख/
प्रधान न्यायाधीश/
मन्त्रिपरिषद् अध्यक्ष
  ७५ हजार (घर नभए)/
५० हजार घर भए मर्मतका लागि

 
१ गाडी (आफ्नै गाडि भए  मर्मतका लागि मासिक २५ हजार)
राज्यमन्त्री सरह इन्धन
१ शाखा अधिकृत/ १ कार्यालय सहयोगि खतरा मुल्याङ्कनको आधारमा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell