PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

विश्व जुनियर टेनिस च्याम्पियनसिपको क्वालिफाइङ खेल्न नेपाली टोली भारत जाने



पहिलोपोस्ट

विश्व जुनियर टेनिस च्याम्पियनसिपको क्वालिफाइङ खेल्न नेपाली टोली भारत जाने

काठमाडौं : विश्व जुनियर टेनिस च्याम्पियनसिपको क्वालिफाइङमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ।

फेब्रुअरी २७ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष÷महिला खेलाडीले टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।

पुरुषमा आदित सुवेदी, सम्यकभूषण वज्राचार्य र इभेक जोशी रहेका छन्। महिलामा अभिलाषा विष्ट, प्रेरणा कोइराला र सलोनी तामाङ छन्। प्रशिक्षकमा कृष्णराज घले रहेका छन्।

१६ राष्ट्र सहभागी हुने प्रतियोगिताको टिम इभेन्टमा यु–१४ उमेर समूहका खेलाडीले २ सिंगल्स र १ डबल्समा प्रतिस्पर्धा गर्नेछन्।

टोलीलाई सफलताको शुभकामना दिदै अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच शुक्रबार सातदोबाटोमा बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell