PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

दुई गोलको अग्रता जोगाउन नसक्दा चितगोङ अवहनीसँग मनाङको बराबरी, सेमिफाइनल पुग्न अर्को खेलको नतिजा कुर्नुपर्ने



पहिलोपोस्ट

दुई गोलको अग्रता जोगाउन नसक्दा चितगोङ अवहनीसँग मनाङको बराबरी, सेमिफाइनल पुग्न अर्को खेलको नतिजा कुर्नुपर्ने

चितगोङ : बंगलादेशमा भइरहेको दोस्रो शेख कमाल इन्टेरनेशनल क्लब कप २०१७ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालको मनाङ मर्स्याङदी क्लबले घरेलु क्लब चितगोङ अवहनी लिमिटेड विरुद्ध २-२ गोलको बराबरी खेलेको छ।

बरारबीमा रोकिएसँगै ३ खेलबाट ४ अंक जोडेको मनाङले सेमिफाइनल पुग्न समूह बी को अन्तिम खेलको नतिजा कुर्नपर्ने भएको छ।

चितगोङस्थित एम ए अजिज मैदानमा भएको खेलमा २ गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा मनाङले बराबरीमै चित्त बुझाउनुपर्यो।
यदी मनाङले चितगोङलाई हराएको भए सेमिफाइनलमा प्रवेश गर्ने निशिच्त थियो।

मनाङसँग बराबरी खेलेपनि चितगोङ सेमिफाइनल प्रवेश गरेको छ।

खेलको तेस्रो मिनेटमै विराज महर्जनले क्रस गरेको बलमा कप्तान अनिल गुरुङले हडमार्फत मिलाइदिएको पासमा हेडबाट नै गोल गर्दै ओलावाले अफिजले मनाङलाई अग्रता दिलाएका थिए। 

२२ औं मिनेटमा ओलावाले नै मनाङको अग्रता दोब्बर पारे। डि एरिया भित्र प्राप्त बललाई एक डिफेन्डरलाई छलाउँदै गोलरक्षकलाई बिट गर्दै गोल गरे।

तर मनाङले २ गोलको अग्रता कायम राख्न सकेन भने चिगोङले उत्कृष्ट पुनरागमन गर्यो। ३२ औं मिनेटमा जमल भुइयानको पासमा अनासिर उद्दिन चौधरीले गोल गर्दै गोल अन्तर कम पारे।

पहिलो हाफमा २-१ ले पछि रहेको चितगोङले दोस्रो हाफमा गोल थप्यो। ६३ औं मिनेटमा प्राप्त पेनाल्टीम अगस्टन वालसनले गोल गर्दै खेल बराबरी गरे। मनाङका देवेन्द्र तामाङले डि एरियामा ह्याण्ड गरेपछि रेफ्रीले चितगोङलाई पेनाल्टी अवसर दिएका थिए।

मनाङका प्रशिक्षक छिरिङ लोप्सान गुरुङले खेलाडीले २ गोलको लिड लाई सहज लिदा र विपक्षाली पेनाल्टी प्राप्त गरेकोले बराबरीमा चसत्त बुझाउनु परेको प्रतिक्रिया दिए।

चितगोङले पहिलो खेलमा अफगानिस्तानको शाहिन अस्मायीलाई हराएको थियो भने दोस्रो खेलमा घरेलु क्लब मोहमेदन स्पोर्टिङसँग बराबरी खेलेको थियो।

यता पहिलो खेलमा मोहमेदनलाई हराएको मनाङ दोस्रो खेलमा भने आस्मायीसँग पराजित भएको थियो।

समूह बी को अन्तिम खेलमा आजै आस्मायी र मोहमेदनबीच खेल हुँदैछ। यदी मोहमेदनले आस्मायीलाई हराएको खण्डमा मात्र मनाङ सेमिफाइनलमा पुग्न सक्नेछ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell