PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

शेख कमल अन्तर्राष्ट्रिय क्लब कप : मनाङ सेमिफाइनलमा



पहिलोपोस्ट

शेख कमल अन्तर्राष्ट्रिय क्लब कप : मनाङ सेमिफाइनलमा

चितगोङ (बंगलादेश) :  ‘हेड टु हेड’ मा मोहमोदेन स्पोर्टिङ क्लबलाई पछि पार्दै लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लब दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह ‘बी’ अन्र्तगत शुक्रबार समूह चरणको अन्तिम खेलमा बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन आस्मयीलाई २–० ले पराजित गरेपनि मनाङले अन्तिम चारमा स्थान पक्का गरेको हो। मनाङसँगै समान चार अंक भएपनि ‘हेड टु हेड’ मा मोहमोदेन सेमिफाइनल पुग्न सकेन।

यसअघि शुक्रबारै भएको पहिलो खेलमा मनाङ आयोजक चितगोङ अवहनी लिमिटेडसँग २–२ गोलको बराबरीमा रोकिएपछि मनाङ अर्का खेलमा भर पर्नुपरेको थियो। तर मनाङले मोहमोदेनलाई २–० ले पराजित गरेको थियो।

मनाङ समूह ‘बी’ बाट उपविजेता तथा मनाङसँग बराबरी खेलेको चितगोङ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्।

समूह ‘ए’ बाट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङको टोली टीसी स्पोर्टस् क्लब समुह विजेता र दक्षिण कोरियाको पोइचेन सिटीजन एफसी समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ। सेमिफाइनल खेल सोमबारबाट शुरु हुनेछ। अब मनाङले फाइनल प्रवेशका लागि सोमबार नेपाली गोलरक्षक किरण चेम्जोङ सम्मिलित टोलीसँग खेल्नेछ। यस्तै दोस्रो सेमिफाइनलमा मंगलबार समूह ‘बी’ को विजेता चितगोङले समूह ‘ए’ को उपविजेता दक्षिण कोरियाको पोइचेन सिटीजन एफसीसँग खेल्नेछ । फाइनल खेल मार्च ३ मा हुने आयोजकले शुक्रबार जानकारी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell