PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​फिल्ममा 'डबल रोल'को सय वर्ष



पहिलोपोस्ट

​फिल्ममा 'डबल रोल'को सय वर्ष

सय वर्ष अघि फिल्ममा डबल रोल देखाउन सक्ने कम्प्युटर प्रविधीको बिकास भएको थिएन। तर त्यसै समय एउटा फिल्मले डबल रोल देखाएर दर्शकलाई अचम्म तुल्यायो। फिल्म थियो 'लंका दहन'। सन् १९१७ मा प्रदर्शन भएको फिल्ममा रामायणको सुन्दर काण्डलाई देखाएको थियो।

बिबिसी हिन्दीका अनुसार दादा साहेबका रुपमा चिनिएका गोबिन्द फाल्केले फिल्म निर्देशन गरेका थिए। जसमा अन्ना सालुन्के मुख्य भूमिकामा थिए। अन्नाले फिल्ममा राम र सिता दुबैको भूमिका निभाएका थिए। उनी डबल रोल गर्ने पहिलो कलाकार बने।

भारतिय फिल्म समिक्षक पवन झाका अनुसार दादा साहेब सिताको भूमिकाका लागि महिला पात्रको खोजीमा थिए। तर फिल्मी क्षेत्रलाई राम्रो मानिदैन थियो। फिल्ममा खेल्ने महिलाको चरित्रमा प्रश्न गरिन्थ्यो। त्यसैले महिलाको रोल पनि पुरुष निभाउँथे। सालुन्केले त्यसअघि राजा हरिशचन्द्रमा तारामतिको भूमिका निभाएका थिए। उनको लोकप्रियता सोही फिल्मबाट चुलियो र सिताको रुपमा पनि उनैलाई देखाउन दादा साहेब बाध्य भए।

१९१४ ताका दोस्रो जनयुद्दका कारण फिल्म व्यवसायमा नकारात्मक असर पर्यो। भारतमा जब १९१९ मा लंका दहान सार्वजनिक भयो तब फिल्म कुरेर बसेका दर्शकको साथले फिल्म सफल भयो। पवन भन्छन्,'सालुन्के त्यसबेलाको स्टार भए। उनी त्यसबेला लोकप्रिय अभिनेता र अभिनेत्री दुबै रहे।' फिल्म व्यवसायिक रुपमा पनि सफल रह्यो। झाका अनुसार फिल्मले ३५ हजार कमाएको थियो। जुन पैसाले निर्देशकले भारतिय फिल्म इतिहासमा पहिलोपटक शानदार स्टूडियो बनाए। डबल रोलको असर फिल्ममा मात्र होइन साहित्य र रंगमंचमा पनि परेको थियो।

सय वर्षमा डबल रोलको कन्सेप्टको फरक प्रयोग यसरी सम्झन सकिन्छ:

१: फिल्ममा दाजुभाइ वा दिदीबहिनी ध्यानमा राखेर रचिएको डबल रोल। जुडुवा देखाइएको धुम३ यसको उदाहरण हुन सक्छ।
२: अनुहार मिल्ने डबल रोल। फिल्म हमशकल यसका लागि उदाहरण।
३: एउटै पात्रको नायक र खलनायक दुई भूमिका। उदाहरणका लागि डुप्लिकेट, डन, फ्यान
४: कहानीमा दुई भूमिका बयान गरे वा देखाए पनि अन्त्यमा एकमात्र पात्र हुनु। जस्तै: ज्वैल थिफ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell