PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​वीरगञ्जमा राजा हेर्न भीड ,दलका नेतालाई गाली, राजालाई ताली



राधेश्याम पटेल

​वीरगञ्जमा राजा हेर्न भीड ,दलका नेतालाई गाली, राजालाई ताली

वीरगञ्ज : पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले वीरगञ्जमा राजनीतिक दलका विरुद्ध नाराबाजी गरे। उनीहरुले पूर्व राजाको पक्षमा नारा लगाए अनि ताली बजनाए। ज्ञानेन्द्र शुक्रबार वीरगन्ज आएका थिए।

वीरगन्जमा रहेका मन्दिरहरुमा पूजापाठ गर्न शुक्रबार अपरान्ह साढे ४ बजे पूर्व राजा ज्ञानेन्द्र वीरगञ्ज आएका थिए।

मकालु होटल देखि वीरगञ्जको घण्टाघर चोक सम्म सडकको दुवै तर्फ सर्वसधारणहरुले लाम लागेर पुवर्राजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए।

स्वागतमा बसेका समर्थकहरुलाइ पुर्वराजा ज्ञानेन्द्रले चोकमा रोकिएर हात हल्लाउदै अभिवादन गरेका थिए।

बा ४ च ३८०७ नम्बरको गाडीमा पुर्व राजा ज्ञानेन्द्र बाराको सिमरा स्थित प्रभु निवासबाट अपरान्ह साढे ४ बजे वीरगन्जको अलखिया मन्दिर पुगेका थिए। अलखिया मन्दिरमा पूजा आराधना गरी पैदल माईस्थान गहवा माई मन्दिरमा पूजापाठ गरी पुनः सिमरा आफ्नै गाडीमा फर्किएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell