PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

पुरानो बजार फर्काउन आन्तरिकतर्फ हवार्इ भाडा घटाउँदै नेपाल वायुसेवा



उमेश पौडेल

पुरानो बजार फर्काउन आन्तरिकतर्फ हवार्इ भाडा घटाउँदै नेपाल वायुसेवा

काठमाडौं : नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा बजार हिस्सा बढाउन हवार्इ भाडा घटाउने भएको छ। आन्तरिक उडानमा यात्रु आकर्षित गर्न भाडा घटाउने रणनीति अख्तियार गर्न लागेको हो।

निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले भाडा घटाउने प्रस्ताव अब बस्ने बोर्ड बैठकमा लैजाने जानकारी दिए। उनका अनुसार हवार्इ भाडा घटाउनेबित्तिकै यात्रुहरु आकर्षित हुने र पुरानो बजार पुनर्स्थापना गर्न सकिने विश्वास छ। नेपालको कुल एक खर्ब हवार्इ बजारमा निगमको १० प्रतिशत मात्रै हिस्सा छ। निगमले अबको दुर्इ वर्षमा २५ प्रतिशत बजार हिस्सा पुर्‍याउने लक्ष्य लिएको छ।
 
चीनको चार वटा जहाजबाट आन्तरिक बजार हिस्सा बढाउने र अन्तर्राष्ट्रिय उडानमा नयाँ एयरबस आएपछि बजार बढ्ने उनको अनुमान छ। कंशाकारले निगमका कर्मचारीले बजार हिस्सा बढाउन दत्तचित्त भएर लागेको बताउँदै सबै रणनीति अख्तियार गरेर बजार हस्तक्षेप गर्ने दाबी गरे। त्यही नीति अन्तर्गत निगमले थप गरिएका दुई चिनियाँ जहाजबाट हप्तामा ९० उडान गर्ने जनाइएको छ। यसअघि हप्तामा ७० वटा उडान भर्दै आएको निगमले थप उडान थालेको हो।
 
जहाज थप भएपछि बुधबार निगमले आन्तरिक तर्फका उडानमा हेरफेर नगरी संख्या थप गरेको हो। एमए ६० जहाजले दैनिक दुई पटक काठमाडौं-विराटनगर र काठमाडौं-धनगढी दैनिक उडान भर्नेछ। हप्ताको आइतबार, सोमबार, मंगलबार र शुक्रबार काठमाडौंबाट भद्रपुर उडान गर्नेछ।
 
मंगलबार, बिहीवार र शनिबार काठमाडौं–भैरहवा उडान गर्ने निगमको जानकारी दिएको छ। वाई १२ ई जहाजले दैनिक दुई पटक काठमाडौं–पोखरा, काठमाडौं– नेपालगञ्ज उडान गर्ने जनाएको छ। मंगलबार, बिहीबार र शनिबार काठमाडौं–सिमरा उडान हुनेछ। त्यस्तै काठमाडौं-भैरहवा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ।
 

ई–टिकेटिङ

निगमले चाँडै ल्याउन लागेको ई-टिकेटिङका लागि अमेरिकी कम्पनी एआरसी अमेरिकासँग ट्राभल तथा टिकेटिङका लागि सम्झौता गर्ने तयारी भएको छ।
 
सो कम्पनीको अमेरिकाभर १४ हजार ट्राभल कम्पनी छ। कंशाकारले अमेरिका तथा युरोपमा वायु सेवा निगमको प्रचार प्रसारका लागि सहयोग पुग्ने अपेक्षा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell