PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

नेपालसँग खेल्नुअघि केन्याको क्रिकेट टोली पनि भारत भ्रमणमा



पहिलोपोस्ट

नेपालसँग खेल्नुअघि केन्याको क्रिकेट टोली पनि भारत भ्रमणमा

काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा नेपालले यही फागुन २८ र ३० गते मार्च ११ १३ मा घरेलु मैदानमा केन्यासँग दुई खेल खेल्दैछ।

यसको लागि नेपालले विगत दुई महिना यता तयारी गरिरहेको छ भने थप तयारीका लागि हिजैमात्र भारतको ग्रेटर नोएडा प्रस्थान गरेको छ।

नेपालको सँग खेल्नु अघि थप तयारी गर्न केन्याको टीम पनि भारत भ्रमणमा निस्कने भएको छ। केन्याको वेवसाइट डेली नेशनका अनुसार केन्याको टोली सोमबार भारत प्रस्थान गर्नेछ।

केन्याका प्रशिक्षक थोमस ओडोयोका अनुसार केन्याले भारत भ्रमणका क्रममा अहेमवाद र बारोडमा गरी ४ वार्म अफ म्याच खेल्नजे बताएका ५न्।
भारत भ्रमणपश्चात केन्याको टोली त्यहीँबाट मार्च ९ मा नेपाल आउनेछ।

भ्रमणमा यस पटक दुई एलिजाह ओटिएनो र पुष्पक केराईले स्थान बनाएका छन्। यी दुईले इगुएन ओचिइङाई रिप्लेस गरेका हुन्।

कूल ८ टोलीको सहभागिता रहेको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा केन्या पाँचौं तथा नेपाल छैटौं स्थानमा छ। केन्याले ८ खेलबाट ८ अंक नै जोडेको छ भने नेपालको समान खेलबाट ६ अंक मात्र छ। १० खेलबाट १६ अंक जोडेको नेदरल्याण्ड्स अंक तालिकाको शीर्ष स्थानमा छ।

नेपालले अब हङकङ र युएईसँग तथा केन्याले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell