PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

थर्ड वान डे मा न्युजिल्याण्ड १५९ रनले पराजित, दक्षिण अफ्रिकालाई २-१ को अग्रता



पहिलोपोस्ट

थर्ड वान डे मा न्युजिल्याण्ड १५९ रनले पराजित, दक्षिण अफ्रिकालाई २-१ को अग्रता

दक्षिण अफ्रिका विरुद्धको थर्ड वान डे मा घरेलु टोली न्युजिल्याण्ड १५९ रनको फराकिलो अन्तरले पराजित भएको छ।

२७२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३२.२ ओभरमा ११२ रनमै अलआउट भएपछि फराकिलो हार बेहार्न बाध्य भयो।

कप्तान ए बि डेभिलियर्सको ८५ रन तथा बलर डिएन प्रेटिरिओसको शानदार बलिङको मद्दतमा जित हात पारेसँगै दक्षिण अफ्रिकाले ५ म्याचको सिरिजमा २-१ को अग्रता बनाएको छ। फस्ट वान डे दक्षिण अफ्रिकाले जितेको थियो भने सेकेण्ड वान डेमा न्युजिलयाण्डले जित हात पारेको थियो।

वेलिङटनमा टस जितेर पहिले ब्याटिङ गरेको भ्रमण्कारी टोली दक्षिण अफ्रिकाले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७१ रन बनायो। उसका लागि डे भिलियर्सले ८० बलमा ७ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ८५ रन बनाए।

यससँगै डे भिलियर्स वान डे मा सबैभन्दा चाँडो ९ हजार रन पुरा गर्ने खेलाडी बनेका छन्। उनले २०५ इनिङ्समा उक्त उपलब्धी हासिल गरेका हुन्।

यस्तै उनको यो वान डे मा ५१ औ अर्धशतक समेत हो। यसबाहेक दक्षिण अफ्रिकाका ओपनर क्वेन्टन डे ककले ६८ रन बनाए भने फाप डु प्लेसिसले ३६ तथा वायने पार्नेललले ३५ रन जोडे।

जवाफमा २७२ रनको सामान्य लक्ष्य पछ्याएको नयुजिल्याण्ड दक्षिण अफ्रिकि बलरको धातक बलिङ सामु टिक्न सकेन। परिणाम ३२.२ ओभलरमै ११२ रनमा अलआउट भयो।

कोलिन डे ग्रान्डहोमले बनाएको नटआउट ३४ रन नै न्युजिल्याण्डको इनिङ्समा उच्च स्कोर रह्यो। उनले ३४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे।

यसबाहेक कप्तान काने विलियमसनले २३, रोस टेलरले १८ तथा जेम्स निसामले १३ रन जोड्नु बाहेक अन्यल खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

न्युजिल्याण्डलाई कम स्कोरमा रोक्न बलिङतर्फ प्रेटिरिओसले सर्वाधिक ३ विकेट लिए। ५.२ ओभर बलिङ गरेका उनले १ मेडन राख्ने मात्र ५ रन खर्चेर ३ विकेट लिएका हुन्। खागीसो रवाडा, सायने पार्नेल र एन्डिल फेलहकवाहोले समान २ विकेट लिए।

दक्षिण अफ्रिका र न्युजिल्याण्ड बीच फोर्थ वान डे ह्यामिल्टनमा आगामी बुधबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell