
बलिउड अभिनेत्री प्रियंका चोपडा अस्कर अवार्डमा सहभागी हुने भएकी छिन्। उनले कार्यक्रममा आफ्नो सहभागिता माइक्रो ब्लगिङ साइट ट्विटरबाट गराएकी हुन्।
रक ब्यान्ड द रोलिङ स्टोनस्का मिक ज्यागरसँगको सेल्फीको क्याप्सनमा उनले अस्कर अवार्डमा भाग लिने उल्लेख गरेकी हुन्। उनले सन् २०१७ का लागि फिल्म 'बे वाच' मार्फत हलिउड डेब्यु गरे पनि ८८औं अस्कर कार्यक्रममा भाग लिएकी थिइन्। अमेरिकी टिभी सिरिज 'क्वानटिको' मार्फत हलिउड अवार्डका लागि उनले औपचारिक बाटो खोलेकी हुन्।
उनी अभिनित हलिउड फिल्म बेवाच २०१७ मे मा सार्वजनिक हुँदैछ।